काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढेपछि प्रचण्ड-ओलीबीचको भेटवार्ता बाक्लिएको हो

 

उनीहरूबीच राष्ट्रियसभा अध्यक्ष निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो। ‘प्रधानमन्त्री र केपी शर्मा ओलीबीच राष्ट्रियसभा अध्यक्षको निर्वाचन र संक्रमणकालीन न्यायलाई टुंगोमा लैजाने विषयमा छलफल भएको हो,’ बालुवाटार स्रोतले अन्नपूर्णसँग भन्यो।

Scroll to Top