“दृश्यम” को रिमेक अब हलिवूड मा..

हलिउडमा गल्फस्ट्रिम पिक्चर्स र जोट फिल्म्ससँग सहकार्य गर्दै पनोरमा स्टुडियो ले बलिउड फिल्म ‘दृश्यम’ को रिमेक बनाउने भएको छ। पानोरमा स्टुडियोका अध्यक्ष तथा प्रबन्धक निर्देशक कुमार मंगत पाठकले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। ‘दृश्यमको कथा विश्वभरका दर्शकलाई बाँड्न उत्सुक छौं। हलिउडका लागि अंग्रेजीमा यो फिल्म गल्फस्ट्रिम पिक्चर्स र जोट फिल्म्ससँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। कोरिया र हलिउडपछि अबको तीनदेखि पाँच वर्षमा १० देशमा दृश्यम बनाउने योजना छ,’ विज्ञप्तिमा लेखिएको छ।

दृश्यम’ पनि सन् २०१३ मा आएको मलयालम फिल्मको हिन्दी रिमेक हो। यो फिल्म हिन्दी, कन्नड, तेलुगु र तमिलमा रिमेक भइसकेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top