भव्य राममन्दिर

भगवान बिष्णु, शिव, ब्रह्मा को सबैभन्दा ठुलो मुर्ति र मन्दिर संसार मा कहां छ? कैले देखि छन र कस्ले कति मान्छ?
यि तिन ब्रह्माण्ड का एनर्जि हुन्। देउता का देउता र भगवान का भगवान हुन्। राम, कृष्ण , परशुराम, बुद्ध, बराहा, नरशिंह, बिश्वकर्मा, भैरभ, हरिहर …… भगवान हुन्। मानवरुपि भगवान जसको इतिहास छ वहां हरु हुन्।
आस्था राख्ने ले कुनै पनि भगवान प्रति न बेवास्ता गर्छ न छुट्टाउछ। न त हिन्दु कुनै रिलिजन हो न यो कुनै एउटा किताब र एउटा भगवान अनुसार चल्छ। तर जति पनि इतिहास सङ्ग सम्बन्धित जुन पनि भगवान मान्नुहुन्छ र जस्को इतिहास छ वहां हरुको बारेमा केहि मात्रै बुझ्नुभयो भने जुन भगवान पनि उनै 3 इनर्जि बाट चल्नुभएको छ या उनै 3 इनर्जि को अवतार हुनुहुन्छ्।
नेपाल भन्ने ठाउं खस सभ्यता को जग हो। हाम्रो भासा, संस्कार, रितिरिवाज, परम्परा, सभ्यता सबै गोपाल बंश देखि नै खस सभ्यता को जग बाटै बनेका छन र खस सभ्यता को हिमवत खण्ड र कैलाश पर्वत संग प्रत्यक्ष सम्बन्ध छ। हरेक पुराण र शास्त्र हिमवत खण्ड सङ्ग जोडिएको प्रमाण प्रस्ट छ।
देबि, देउरालि, घाट, कुलपुजा, स्राध्य, पुर्णिमा, कोट …… हाम्रो एन्सेस्टर सङ्ग प्रत्यक्ष सम्बन्ध भएका सभ्यता र परम्परा हुन्। प्रत्यक बर्स एउटा गाउ या टोल मा सबैलाइ सुनाएर पढिने स्वस्थानि हाम्रो हिमवत खण्ड को मौलिक कथा हो जुन हिमवत खण्ड वरपर को भगवान को बेला देखि को कथा रोचक र रमाइलो तरिका ले बर्णन गरिएको छ। हाम्रो सामाजिक सम्बन्ध, पारिवारिक सम्बन्ध, हाम्रा खानपिन सबै हाम्रै सभ्यता वरपर चलिरहेका छन र जब हामि अरु कुनै भौगोलिक परिबेश को सभ्यता लाइ अपनाउन थाल्छौ हामि आफै आफैबाट भ्रमित हुदै जान्छौ। छुट्टिदै जान्छौ। अर्कै सभ्यता लाइ अपनाउन खोज्छौ जुन न पुरै अपनाउन सकिन्छ न आफ्नो बुझ्न सकिन्छ। अनि बिच मा रहन्छौ । न एताको न उताको।
हाम्रै एउटा गाउ मा देउरालि पुजा गर्छौ। गाउ को सबै मिलेर नाग पुजा गर्छौं। प्राचिन देखि त्यहि चलिरहेको छ जुन हाम्रो एनसेस्टर ले पनि त्यहिं गरे। तर अर्को गाउ मा कालि पुजा गर्छन्। धुमधाम ले गर्छन्। बिशाल गर्छन्। त्यो गाउ को ब्यापारि ले सक्दो खर्च गरेर रमाइलो गर्छन्। हामि लोभिन्छौ। हामिलाइ त्येस्तै गर्न मन लाग्छ। बिस्तारै नया जेनेरेसन लाइ देउरालि र नाग पुजा गर्न भन्दा कालि पुजा गर्न मन लाग्छ। छिमेकि गाउं को सिको गर्दै आफ्नो रिति छोडेर कालि पुजा गर्छौं। र नया जेनेरेसन ले भन्न थाल्छ हिन्दु भनेको त हिन्दु हो। कालि पुजा गर्दा गर्भ गरौं। आफ्नो सनातन हिन्दु धर्म नै यहिं हो।
अनि अर्को कुरा
म सके सम्म माघ को स्वस्थानि को महिना र जहिले पनि श्रावण को बोलबम महिना मा सोमबार बर्त बसेर र महिना भर महिना माछा मासु बार्छु। मेरो घर नजिकै प्राचिन काल देखि उत्पत्ति भएको परोहा मन्दिर छ, प्राचिन काल मा सिद्धबाबा रिशि ले ध्यान गरेको सिद्धबाबा मन्दिर छ, अलि पर प्राचिन काल मै उत्पत्ति भएको सुपा देउरालि मन्दिर छ, छेउ को डांडा मा प्राचिन काल कै सत्यवति बज्यै को मन्दिर छ। र यि सबै मेरा मुल देउता हुन्। अनि मेरो रितिरिवाज र सभ्यता त आफ्नै छ। तर कसैले कतै भव्य र आलिशान मन्दिर बनायो भने त्यस्मा मैले परोहा, सत्यवति बज्यै, सुपा देउरालि, सिद्ध बाबा, मनकामना, भैरबनाथ को जति शक्ति पनि देख्दिन र त्यो शान्ति, एनर्जि पनि पाउदिन।
प्राचिन शक्ति भनेको 3 एनर्जि कै रुप मा हाम्रै एन्सेस्टर हरु बास बस्ने ठाउं हो।
Rammandir को जय होस्।
Bikash Neupane, <2024;01;22>

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top